एमाले सांसद भीम रावलद्वारा राजीनामा

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन । सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन । राजीनामाको वक्तव्य पढ्दै उनले उच्च नेतृत्वको स्वेच्छचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताए ।
सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।