तेह्रथुमको आठराईमा सहकारी सचेतना कार्यक्रम हुदै

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडान ७ थाेक्लुङमा सहकारी सचेतना कार्यक्रम सञ्चालन भईरहेकाे छ । कार्यक्रम साविक थाेक्लुङका ९ वटै वडामा सञ्चालन हुने कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्थाका सचिव दिल बहादुर कन्दङवले बताउनुभयाे ।

कार्यक्रममा सहकारी संस्थाका शेयर सदस्य तथा अन्य स्थानीय बासिन्दाकाे सहभागीता रहेको छ । सहकारीकाे परिचय,महत्त्व , बचतकाे आवश्यकता ,ऋण परिचालन , वित्तीय व्यवस्थापन लगायत बिषयमा छलफल भएकाे छ । कार्यक्रमकाे सहजिकरण सहकारी संस्थाका अध्यक्ष अबिनारायण पराजुली लेख समिति संयाेजक प्रेम प्रकाश लामिछाने ऋण समिति संयाेजक रमेशकुमार बजगाईले गर्नु भएको छ ।

कार्यक्रम आठराई गाउँपालिकाकाे आर्थिक सहयोग तथा कंञ्चनजघा बचत तथा ऋण सहकारी संस्था आयाेजनामा सञ्चालन भएको हाे । स्थानीयकाे वित्तीय क्षेत्रमा पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने उदेश्यले टाेलटाेलमा सचेतना कार्यक्रम गरिएको हाे । सहकारी स्थापन पछि स्थानीयले बचतकाे महत्त्व बुझ्दै गएका छन ।

सहकारीबाट सौलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लागेका छन । पछिल्लो समय बाख्रापालन , बङ्गुरपालन ,कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेकाे छ । व्यावसाय सञ्चालन सगै उनिहरुकाे जिविकाे पार्जनमा समेत सुधार आएकाे छ । युवाहरुलाई युवा लक्षित व्यावसायमा जाेड दिन स्थानीय सरकारकाे ध्यान जानुपर्ने युवा व्यावसायिहरुकाे भनाई रहेको छ ।