बेलबारीमा निशुल्क स्वास्थ्य सिविर, ७९३ जनाले स्वास्थ्य जाँच गराए

बेलबारी । राष्ट्रिय महिला अधिकार मञ्च द्वारा आयोजित निशुल्क स्वास्थ्य सिविरमा ७९३ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

बेलबारी ९ स्थित रहेको काली माविमा सोमबार भएको उक्त स्वास्थ्य शिविरमा नोवेल शिक्षण अस्पताल बिराटनगरका डाक्टरहरूले स्वास्थ्य परिक्षण गरेका थिए । ग्रामीण महिलाहरुको आवाज, भेदभाव मुक्त समाज भन्ने नाराका साथ गरिएको उक्त शिविरमा डाँगीहाट, बाहुनी, होक्लाबारी लागायतका ठाँउहरूबाट बिरामीहरू आएको राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश एककी अध्यक्ष सीता सुबेदीले बताईन् ।

सुबेदीको अनुसार २८३ जना बिरामीलाई थप उपचारको लागि बिराटनगर स्थित नोवेल अस्पताल रिफर गरिएको बताईन् । राष्ट्रिय महिला अधिकार मञ्चले यस अघिपनि पटकपटक महिलाको हक हित सम्वन्धी कार्यक्रम गर्दै आएको छ ।