सुन्दरहरैचामा पिछडावर्गका समुदायलाई क्षमता अभिवृद्धि तालिम

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा पिछडावर्गको लागि एक दिने अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पिछडावर्ग (OBC) महासंघद्वारा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा वडा भरिका ४५ जना भन्दा बढी पिछडावर्गका समुदायहरुको सहभागिता रहेको थियो ।

वडा नं ११ को आर्थिक सहयोहमा नेपाल पिछडावर्ग (OBC) सुन्दरहरैचा नगर समितिले उक्त कार्यक्रम आयोजना गरेको थियो ।


कार्यक्रममा नेपाल पिछडावर्ग (OBC) का केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुर प्रमुख अतिथी, विशिष्ठ अतिथी सुन्दरहरैचा नगरपालिका वडा नं ११ का वडाध्यक्ष विशनलाल चौधरी रहेका थिए ।

अध्यक्ष ठाकुरले नेपाल सरकारद्वारा पिछाडी पारिएका समुदायलाई लक्षित गरि पिछडावर्गको क्षमता अभिवृद्धि गर्न वडाले खेलेको भुमिका प्रती प्रशंसा गरेका थिए । उनले लामो संघर्ष र आन्दोलनबाट प्राप्त अधिकारलाई सुनिश्चित गर्न सबै समुदायकोबितिकै सहयोग भएको भन्दै सबै क्षेत्रमा पिछडावर्गको समुदायको सहभागिता हुनुपर्ने मा जोड दिएका थिए ।