मोरङका सबै पालिकामा काँग्रेसको बिरोध प्रदर्शन

नेपाली कांग्रेसले शनिबार देशभरका सबै पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार सात सय ५३ वटै पालिकामा प्रदर्शन गरेको हो ।

नेपाली काँग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई धुजाधुजा पारेर निर्वाचन घोषणा गरेको आरोप लगाएका छन ।

नेता कोइरालाले प्रधानमन्त्रीको अराजनीतिक कदम संसद पुर्नस्थापनाले मात्रै सच्चिने बताएका हुन । अराजनीतिक कदम संसद पुर्नस्थापनाले मात्रै सच्चिनेछ, नेता कोइरालाले भने–देशको राजनीतिक वर्वादी केपी ओलीका कारण सिर्जना भयो ।
उनले सहि लाई सहि र गलत लाई गलत भनेर मात्रै काँग्रेसले काँग्रेसको पहिचान दिनसक्ने बताउँदै ओलीको पक्षमा उभिएर मतियार बन्न नसक्ने जिकिर गरे ।

मोरङको बेलबारी नगरपालिकाको बाहुनी बजारमा भएको सभामा पुर्व राज्यमन्त्री दिलिप गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रबाद उदाङ्गो भएको बताएका छन् । विरोधसभालाई सम्बोधन गर्दै पुर्व राज्यमन्त्री समेत रहेका गच्छदारले प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद आम नेपाली जनताले अब बुझिसकेको बताएका हुन् ।

प्रदेश नं. १ को प्रदेश सभाका नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रबाद उदाङ्गो भएको बताएका छन् ।
मोरङको उर्लाबारीमा नेपाली कांग्रेसले गरेको संसद विघटन असंबैधानिक कदमको विरोधसभालाई सम्बोधन गर्दै सचेतक राईले प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद आम नेपाली जनताले अब बुझिसकेको बताएका हुन् । उनले नेपाली जनताको बलिदानबाट लेखिएको संविधान विपरित संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनतालाई धोका लिएको र त्यसका विरुद्धमा आन्दोलन गर्नु परेको उल्लेख गरे । त्यस्तै, नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले कम्यूनिष्टहरुले नेपाली जनतालाई धोका दिएको आरोप लगाए । उनले जनतालाई भ्रममा पारेर सत्ता टिकाउने र गिराउन खेलमा नेकपाका नेताहरु लागेकै कारण संसद विघटन भएको उल्लेख गरे ।

मोरङको १७ वटै स्थानीय तहहरुमा भएको विरोध सभामा सम्बोधन गर्ने नेताहरुले प्रधानन्त्री ओलिको संसद बिगठन गर्ने कार्य देशको हित बिपरित भएको बताएका थिए । ओलीले चालेको गैर संबिधानिक कदमले नेपालको संबिधानको ठाडो उल्लङगन गर्नको साथै नेपाली जनताको लोकतन्त्रमाथिको आस्था प्रतिनै कुठारापात गरेको भन्दै ओलीको चर्को आलोचना गरेका थिए ।
ओलीले चालेको अलोकतान्त्रिक प्रतिगमन फिर्ता नभए सम्म नेपाली कांग्रेस निरन्तर सडक संघर्षमा नै रहिरहने आज आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।