सुन्दरहरैचाको बेलेपुरमा पुरुषको शव भेटियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार एक जना पुरुषको शव भेटिएको छ । वडा नं ११ बेलेपुर स्थित झरना खोलामा वर्ष ३३ का मनोज शाहको खोलामा डुबिरहेको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताएका छन ।

प्रहरीका अनुसार शाह मोरङको ग्रामथान गाउपालिका वडा नं ७ का रहेका छन । स्थानियले दिउँसो करिब १२ बजे खोलामा डुबिरहेको अवस्थामा शाहको शवलाई फेला पारेका थिए ।

स्थानियले प्रहरीलाई जानकारी दिए पश्चात् बेलबारी प्रहरीबाट खटी गएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।