संसद बिघटन संबिधानमै नभएको ब्यवस्थाः काँग्रेस संसदिय दल प्रदेश १

प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गर्न चालेको कदमको काँग्रेस संसदिय दल प्रदेश १ ले भत्र्सना गरेको छ । काँग्रेस संसदिय दल प्रदेश १ ले आइतबार एक विज्ञप्ती मार्फत प्रधानमन्त्री ओलीको यो कदम असंबैधानिक, अप्रजातान्त्रिक र मुलुकलाई फेरी अस्थिरता तर्फ उन्मुख गराउने धृष्टताले प्रेरित भएको उल्लेख गरेको छ ।


नेपाली काँग्रेस प्रदेश नं १ प्रदेश सभा प्रमुख सचेतक केदार कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधानमै नभएको व्यबस्थालाई प्रयोग गरिएको निर्णय मान्य नहुने भनिएको छ ।