होटल तथा पर्यटन व्यवसायी संघ सुन्दरहरैचाको अध्यक्षमा उत्सव थापा

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा होटल तथा पर्यटन व्यवसायी संघ गठन भएको छ । उत्सव थापाको अध्यक्षतामा शुक्रबार उक्त समिती गठन भएको हो ।

त्यस्तै संघको वरिष्ठ उपाध्याक्षमा सिताराम श्रेष्ठ, उपाध्यक्षमा रेखा पाठक, सचिवमा गोपाल राई, सहसचिवमा प्रकाश श्रेष्ठ , कोषाध्यक्षमा गणेश खड्का, सहकोषाध्यक्षमा पुष्पा अधिकारी चयन भएका छन ।

त्यस्तै सदस्यमा गोमा श्रेष्ठ, दीक्षा श्रेष्ठ, नरेन्द्रमणि पौड्याल, चुडा बहादुर विष्ट, धर्मेन्द्र कटुवाल र कोबिद सुन्दास चयन भएका छन ।

शुक्रबार पानस पार्टी प्यालेसको सभाहलमा भएको बैठकबाट सुन्दरहरैचाका विभिन्न होटल व्यवसायीहरुको उपस्थितिमा उक्त समिती गठन भएको नवनिर्वाचित अध्यक्ष उत्सव थापाले जानकारी दिए ।