सुन्दरहरैचाको स्वाद रेष्टुरेन्टमा होटल रुम र सभाहल सञ्चालनमा

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको स्वाद रेष्टुरेन्टले होटल रुम र सभाहल समेत सञ्चालनमा ल्याएको छ । ग्राहकलाई स्वादिष्ट खाना साथै विभिन्न खाजाहरुको सेवा प्रदान गर्दै आईरहेको उक्त रेष्टुरेन्टले होटल रुम र सभाहल समेत सञ्चालनमा ल्याएको हो ।

विगत ३ वर्ष देखि आकर्षक तथा स्वादिष्ट परिकारहरुको स्वाद दिदै आएको उक्त रेष्टुरेन्टले शुरुवाती चरणमा एसि सगितको ७ वटा होटल रुम सञ्चालनमा ल्याएको छ ।

बस्नलाई सुविधा सम्पन्न होटलको अभाव र ग्राहकको मागलाई मध्यनजर गर्दै रेष्टुरेन्टले एसि सहितको सुविधा सम्पन्न होटल रुम र सभाहल सञ्चालनमा ल्याएको रेष्टुरेन्ट सञ्चालक रेवत अधिकारीले बताए ।

” सुन्दरहरैचामा केही महिना अघि खाजा र खाना खान सुविधा सम्पन्न होटलको अभाव थियो त्यसको माग स्वाद रेष्टुरेन्टले पूरा गरेको छ ।” सञ्चालक सुमन बानिया बताउछन । सुन्दरहरैचामा खाजा खाएर बाह्र्य तथा आन्तरिक पर्यटक यस क्षेत्र भन्दा बाहिर जाने प्रचलन थियो तर अब त्यो प्रचलन समेत स्वादले होटल रुम र सभाहल सञ्चालन गरेर अन्त्य भएको बानिया बताउछन ।

उनले महगा ग्राहकलाई मध्यनज गरेर मात्र होटल रुम र सभाहल सञ्चालनमा नल्याएको बताउदै सर्वसाधारणको लागि समेत उचित मुल्यका साथ सेवा प्रदान गरिने बताए ।

उक्त होटल रुमबाट विराटचौकको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ । उतर पट्टि रहेको चारकोशे घना जंगलको अवलोकन साथै यहाको घना वस्तिको मनोरम दृश्य समेत उक्त रुमबाट अवलोकन गर्न सकिन होटल सञ्चालक अधिकारीले बताए ।

यस होटलमा जाडोमा तातो पानी र गर्मी मौसममा चिसो पानी दुवैको सेवा लिन सकिने व्यवस्था मिलाउनुको साथै ०२१-५४५०५९ नम्बरमा कल गरेर होटल रुम साथै सभाहल बुक गर्न सकिने व्यवस्था मिलाएको छ ।