बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारेरले विभिन्न समयमा हराएका २४ थान मोबाइल सम्बन्धित मोबाइल धनिलाई फिर्ता गराएको छ।
प्रहरी कार्यालय बेलबारीमा मोबाइल हराएको निवेदनपछि बिशेष प्रबिधिको प्रयोग गरी मोबाइल खोजी गरिएको थियो। प्रहरिको खोज तथा अनुसन्धानपछि २४ वटा बिभिन्न कम्पनिका मोवाइलहरू मोबाइल धनिलाई फिर्ता गराएको बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।
बेलबारी प्रहरीले हराएका तथा चोरी भएका मोबाइलहरु खोज्न विशेष प्रहरी नै परिचालन गरेको ढकालले बताए । प्रहरीले पछिल्लो ८ महिनामा ४१ थान मोवाइल फेला पारी सम्बन्धित धनिलाई बुझाइ सकेको ढकालले बताए ।
बिभिन्न मितिमा हराई खोजतलासको लागी निवेदन पर्न आएका निम्न मोबाइलहरु आधुनिक प्रबिधिको प्रयोगबाट खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बिभिन्न स्थानबाट फेला पारिएका मोबाइलहरु सुन्दरहरैचा १ का राम चन्द्र खवासको OPPO A5, सुन्दरहरैचा ५ का उभराज बास्तोलाको LAVA, सुन्दरहरैचा १० का मनिष बाबू कार्कीको REDMI NOTE 8, सुन्दरहरैचा १२ का कल्पना दाहालको HUWAI V17 PRIME, सुन्दरहरैचा ५ का वर्षा शर्माको samsung A2 CORE, सुन्दरहरैचा ११ का मन्जु श्रेष्ठको vivo y 11 मोबाइल सेट रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बेलबारी २ का पारस खत्रीको REDMI NOTE 9, बेलबारी ३ का कविता राईको SAMSUNG A10, बेलबारी वडा नं ३ का ईन्द्र राईको REDMI 9A, उमेर गुरुङको NOKIA C1TA, सन्देश खड्काको OPPO CPH 1923, सुष्मा न्यौपानेको SAMSUNG A10S, बेलबारी ४ का रमा बिशुंखेको OPPO CPH1909, विषम गुरुङको SAMSUNG J6, लल्श्मी माझिको SAMSUNG A10, बेलबारी ५ का रामलाल विश्वास थारुको VIVO Y17, सुनिता कार्कीको OPPO A83, बेलबारी ११ का बादल श्रेष्ठको REDMI NOTE 8, मनिषा राईको SAMSUNG A10, सनम कतिवडाको SAMSUNG A2 CORE, बेलबारी ६ का रिकेश तामाङको OPPO, बेलबारी ७ का कुमार गुरुङको samsung A2 CORE मोबाइल सेटहरु रहेको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिका ४ का शुभनारायण चौधरीको, VIVO 1606, लेटाङ नगरपालिका २ का रोशन सुब्बाको SAMSUNG j5 मोबाइल सेट रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बेलबारी प्रहरीले भदौ २२ गते रातको समयमा
बेलबारी नगरपालिका वडा नं ८ स्थितबाट चोरी भएको को ३६ प १०४० ईन्जिन नं G3J3E0342477 चेचिस नं MEI2G445800029737) भएको FZS निलो रङको १४९ सि सि को मोटरसाईकल फेला परेको छ ।
त्यस्तै मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न मानिसहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानमा रातको समयमा बेलबारी ८ बाट पुजन श्रेष्ठले चोरी गरी बिशेष भुजेलको सहयोगमा बिराटनगर महानगरपालिका ८ घर भई हाल धरान ३ मा बिश्वकर्मा बर्कसप सञ्चालन गर्ने बर्ष २७ को राहुल साहलाई कमिसनमा बेच्न दिएको र निजले उक्त मोटरसाईकलको ईन्जिन नं, चेचिस नं र स्वरुप परिवर्तन गरि निज राहुल साहले उत्तर राई र गगन ध्वज राईलाई बेची निज उत्तर राईले कुदाउदै गरेको अवस्थामा मंसिर ३ गते सुन्दरहरैचा २बाट बरामद गरेको छ ।
प्रहरीले चोरीमा संलग्न र किनबेचमा संलग्न पाच जना अभियुक्तहरु उपर चोरी मुद्दामा मुद्दा दर्ता गरि थप अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।