बेलबारी अमला सिसौली वनमा बालिका माथी जबरजस्ती करणी

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ३ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी ३ बस्ने तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

तामाङले कार्तिक १३ गते राती बेलबारी १ स्थित अमला सामुदायिक वनमा १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरि फरार भएको प्रहरीले जनाएको छ । फरार रहेका तामाङलाई बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषीराज ढकाल सहितको टोलीले खोज तलास गरि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तामाङलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।