प्रदेश १ मा भोलि (बिहिबार) देखि सरकारी कार्यालय खुल्ने

विराटनगर । संघिय सरकारले मंगलबार सम्म मात्र सार्वजनिक विदा दिए पनि प्रदेश सरकारले भने आज बुधबार सम्म सार्वजनिक विदा दिएको छ ।

यस अघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबारसम्म अर्थात् फूलपातीदेखि बुधबारसम्म दशैँको बिदा दिने उल्लेख गरेको थियो ।

प्रदेश सरकारको यो निर्णय सगै प्रदेश १ मा भोलि बिहिबारबाट सवै सरकारी कार्यालय खुल्ला रहने छ ।