सुन्दरहरैँचामा कोरोना संक्रमणबाट दोस्रो मृत्यु


कोरोना संक्रमणबाट सुन्दरहरैँचा नगरपालिकाको दोस्रो व्यक्तिको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–३ घर भएका कोरोना भाइरस संक्रमित ४३ वर्षीय पुरुषको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । उनको मंगलबार बिहान ८ः१० बजेतिर मृत्यु भएको हो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार श्वासप्रश्वासमा समस्या भएका ेभन्दै बेहोस अवस्थामा ति पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो । यसअघि कोरोना संक्रमणकै कारण सुन्दरहरैँचा ४ का एक व्यक्तिको मृत्यु एको थियो ।