शनिबार सुन्दरहरैचामा थप दुई जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा शनिबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ५ का एक जना पुरुष र सुन्दरहरैचा नगरपालिका वडा नं ६ को एक महिलामा कोरोना पुष्टि भएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कन्ट्राक्ट ट्रेसिङको आधारमा स्वाब परिक्षण गर्दा वडा नं ५ का पुरुषमा कोरोना देखिएको हो भने वडा नं ६ मा देखिएकी २० वर्षिय एक महिला आफन्तकोमा बस्दै आएकी हुन ।