सुन्दरहरैंचामा पत्रकार समूह गठन: सयोजकमा दाहाल

सुन्दरहरैंचा । माेरङ सुन्दरहरैंचाका अग्रज पत्रकार मणिराम दाहालकाे संयाेजकत्वमा सुन्दरहरैंचा पत्रकार समूह गठन भएको छ ।

सुन्दरहरैंचा पत्रकार समूहमा नगरका सात जाना क्रियाशिल संचारकर्मीहरु संगठित भएका छन् । पत्रकार समूहकाे कार्य समितिमा सदस्यहरु लिलानाथ गच्छदार , राजन पाेखरेल , जीवन माझी , माघवप्रसाद काफ्ले , राजकुमार राउत , क्रिष्टिना घिमिरे ( ज्ञानु ) रहेका छन् ।
हाल याे नगरमा एक दर्जन भन्दा बढि सञ्चारकर्मीहरु विभिन्न प्रकारका स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा समेत कार्यरत छन । नगरमा रहेर पत्रकारिता गरिरहेका अन्य सञ्चारकर्मीहरुलाइ समेत यस कार्य समितिमा अटाउँने तयारी समेतकाे याेजना रहेको समूहकाे प्रस्ताव तथा छलफलकाे कार्यक्रममा उल्लेख गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिकालाई विशेष कार्य क्षेत्र बनाउँदै, यस नगर क्षेत्रलाई परिचित गराएर नागरिकलाई सत्य तथ्य सूचना तथा समाचार प्रस्तुत गरि पत्रकारिता पेशा प्रतिकाे धर्म र मर्मलाइ कायम राख्दै माेफसलकाे व्यवसायिक पत्रकारितालाई जाेड दिन अावश्यक भएकोले अघि बढ्ने उदेश्यका साथमा कार्य समिति गठन गरिएकाे सुन्दरहरैंचा पत्रकार समूहका संयाेजक दाहालले बताए । उनले सुन्दरहरैंचा नगरक्षेत्रका पत्रकारहरुलाइ संगठित गरि पत्रकार , समाज अनि जनताकाे हकहितलाई अावाज उठाउँदै नागरिकका समस्या , विकृति विसङ्गगतिलाई समाधान तिर निकास दिएर स्थानीय सञ्चारकर्मीहरुलाइ एकसुत्रमा अावद्व गराउँन यस समूहकाे अावश्यकता पर्ने भएको हुँदा सुन्दरहरैंचा पत्रकार समूहकाे नामाकरण गरिएको समेत उल्लेख गरे ।