पोखरीमा डुबेर एक बालकको ज्यान गयो

मोरङको बिराटनगर महानगरपालिका १४ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । माई पोखरीमा पौडी खेल्ने क्रममा बिराटनगर महानगरपालिका १५ का १६ बर्षीय बिशाल चौधरीको डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका चौधरीको खोजतलास गर्ने क्रममा सोही पोखरीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।