सुन्दरहरैचामा थप एक जना पुरुषमा कोरोना पुष्टी


सुन्दरहरैँचा २ का १ पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । सुन्दरहरैचा नगरपालिका स्वास्थ्य शाखाका अनुसार रामधुनी नगरपालिकामा कार्यरत कर्मचारी रहेका सुन्दरहरैँचाका १ पुरुषमा कोरोना पुष्टि भएको हो । रामधुनी नगरपालिका स्वास्थ्य शाखाका स्वास्थय अधिकृत नगेन्द्र पौडेलका अनुसार केहीदिन अघि काठमाण्डौबाट आएको हुनाले ती कर्मचारीको स्वाव संकलन गरि परिक्षण गरिएको थियो । स्वाव नमुना संकलन पछि उनी घरमै बस्दै आएका पौडेलले जानकारी दिनुभएको छ । परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले पनि सुन्दरहरैँचाका १ पुरुषमा कोरोना पुष्टि भएको जानकारी गराएको छ ।