तेस्रो डाँगीहाट गोल्डकप कात्तिक ३ गतेदेखि

२८ असोज । बेलबारी ।
मोरङको बेलबारी १० भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप यहि कात्तिक ३ गतेदेखि हुने भएको छ । गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक डाँगीहाट फुटबल क्लबले जनाएको छ ।

नेपालका ए डिभिजन क्लब, राष्ट्रिय टिम तथा अफ्रिकन खेलाडिहरुको सहभागिता रहेको गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताएका छन । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।

प्रस्तावित डाँगीहाट रंगशाला बेलबारी १० भाउन्नेमा संचालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापाले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा चर्च ब्वाइज र काँकडभित्ता ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । डाँगीहाट फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा बेलबारी नगरपालिका बिशेष सहयोगिको रुपमा रहेको छ भने डाँगीहाटका विभिन्न संघसंस्था तथा देश विदेशमा रहेका नेपालीहरुले पनि प्रतियोगितामा सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगिता संपन्न गर्न २४ लाख खर्च तथा ३३ लाख आम्दानी हुने अध्यक्ष लिम्बुले बताए । आयोजकले ५० हजार दर्शकले खेल हेर्ने अनुमान गरेको छ ।
२०६६ सालमा स्थापना भएको क्लबले विगतमा पनि दुईवटा गोल्डकपको आयोजना गरिसकेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *