विश्व कप छनोटः भोलि नेपाल र जोर्डन भिड्दै

२७ असोज । विश्व कप छनोटमा भोलि नेपाल र जोर्डन भिड्दै छन । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार साँझ ९ः४५ बजे सुरु हुनेछ । नेपाल फिफा वरियताको १ सय ६१ औं स्थानमा छ भने जोर्डन ६३ स्थानमाथि छ । जोर्डनले २ खेलमा ४ अंक जोडिसकेको छ ।
विश्व कप छनोटमा नेपालले समूह चरणका ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हार छन् । २ खेलमा १२ गोल खाएको नेपालले विपक्षी पोष्टमा २ गोल गरेको छ ।
छनोटको तेस्रो खेलका लागि नेपाली टोली शनिबार नै अम्मान पुगिसकेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *