लेट्स इन्टरटेन्टमेन्टको बालबालिकाका लागी भाँडाकुटी

मोरङको बेलबारीमा लेट्स इन्टरटेन्टमेन्ट प्रालीले ६ बर्ष देखि १६ बर्ष उमेर समुहका बालबालिकाहरुलाई भाँडाकुटी नामक खेल्ने र खेलाउने कार्यक्रमको सुरुवात गरेको छ । बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनपार्कमा सोमबारबाट कार्यक्रमको सुरु भएको छ ।
कार्यक्रममा बालबालिकाहरुलाई नृत्य, नाटक, संगीत तथा जीवन सम्बन्धी विभिन्न अभ्यासबाट क्रियाकलाप गर्न सिकाइन्छ । कार्यक्रममा पहिलो दिन १६ जना बालबालिकाहरुलाई नाट्यकर्मी सोनु जयन्ती र नृत्यकर्मी उपेन्द्र राइले प्रशिक्षण दिएका थिए ।
बालबालिकाहरुको मनोरन्जनलाई लक्षित गरी उक्त कार्यक्रम कात्तिक ८ गतेसम्म सन्चालन हुने लेट्स इन्टरटेन्टमेन्टका संयोजक बिकास बुढाथोकीले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *