सद्भावका लागि बेलबारीको लालभित्तीमा पर्वहरुको शुभकामना

असोज २०
सामाजिक तथा सांस्कृतिक सद्भाव,मानविय भाइचारा र धार्मिक सहिष्णुता लाई जिवन्त राख्न भन्दै बेलबारी २ लालभित्तीमा पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । पर्वको मौलिकतालाई निरन्तरता दिँदै सद्भाव सहिष्णुता जिवन्त राख्ने उद्देश्यले आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम फरक फरक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको मिलन केन्द्रको रुपमा सम्पन्न भएको छ । कविर मन्दिर व्यवस्थापन समिति र जीवन विज्ञान प्रतिष्ठान बेलबारी २ को संयुक्त आयोजनामा सोमबार कविर मन्दिरको सभाहलमा सो कार्यक्रम भएको हो । लालभित्तीमै हुर्कीबढि अहिले कार्यक्षेत्रको हिसावले विभिन्न भुगोल र जिम्मेवारीमा पुगेका व्यक्तिहरुले पर्वहरुलाई आपसी सद्भाव,भाइचारा, धार्मिक सहिष्णुताको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी प्रदेश सांसद सरिता थापा खड्काले पर्वहरुले एकताको सुत्रमा बाँध्ने बताउनुभयो । सबै नेपालीले मनाउने सबै पर्वहरु राष्ट्रिय एकताका पर्वहरु भएकाले जोगाउनुपर्ने उहाँको भनाई छ ।


पुर्वसभासद एवम् गायिका मधु गुरुङले चाडपर्वले सम्बन्ध अझ सुमधुृर बनाउने र व्यक्तिविच नयाँ परिचय पनि गराउने बताउनुभएको छ । बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम लगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले समेत कार्यक्रममा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जीवन विकास प्रतिष्ठानका सदस्यहरुले योग अभ्यासका केही झलकहरु पनि प्रस्तुत गरेका थिए । स्वस्थ जिवन शैली र निरोगिताका लागि योग अहिलेको आवश्यकता भएको भन्दै स्वस्थ हुने तरिका आजैबाट अपनाउन पनि उनीहरुले आग्रह गरेका छन् । कार्यक्रममा गायक सञ्जिव धिमाल र अलिमा लिम्बुले गित गाउनुभएको थियो ।
कार्यक्रममा लालभित्तीलाई नै कार्यक्षेत्र बनाएर विभिन्न पेशा व्यवसायमा संलग्न भएका ,शैक्षिक तथा प्रसासनिक क्षेत्रमा विभिन्न तहमा रहेका देखि विदेश सम्म पुगेका व्यक्तिहरुलाई समेत सहभागी गराउने प्रयास गरिएको थियो । शिक्षक,प्रशासक,डाक्टर,राजनितिज्ञ लगायतको सहभागिता रहेको थियो ।
नेपालीका पर्वहरुको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले बेलबारी २ नम्बर वडाका संस्था,सरकारी कार्यालय,विदेशमा रहेका सो वडाका वासिन्दा र सरकारी सेवामा रहेका व्यक्तिहरु समेत कार्यक्रममा सहभागी भएको आयोजक कविर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जे बि थुलुङले जानकारी दिनुभयो ।
कार्यक्रममा सभापति रहुनुभएको जीवन विज्ञान प्रतिष्ठान बेलबारी २ का अध्यक्ष माधवप्रशाद ओझाले समाजमा यस्ता कार्यक्रमहरुको वहुआयामिक महत्व रहेकाले आउँदा दिनमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने प्रयास गरिने पनि बताउनुभएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *