आगलागि पिडितलाई नगरपालिकाको सहयोग

बेलबारी ।
१८ असोज । मोरङको बेलबारी १० का आगलागि पिडितलाई नगरपालिकाले राहत वितरण गरेको छ । माटि गाउँका आगलागि पिडित झउलि पन्डीत कुमालको परिवारलाई नगरपालिकाले शनिबार चामल, चिउरा, दाल, चिनि सहित लत्ताकपडा तथा भाडाकुडा वितरण गरेको हो ।
आगलागि पिडितलाई नगरपालिकाले खाद्यान्न लत्ताकपडा र भाँडाकुँडा वितरण गरेकोे मेयर ज्ञानेन्द्र सुवेदिले बताए ।
माटाका भाडा बनाएर विक्रि गरेर गुजारा चलाउने कुमालको शुक्रबार राति टिनको छानो भएको एकतले घर जलेर नष्ट भएको थियो । राति सुतेको समयमा आगलागि भएको झउलिले बताएका छन् । आगलागिमा अन्नपात लत्ताकपडा तथा केहि नगद सहित ५० हजार बराबरको क्षती भएको स्थानिय वासीन्दा कृष्ण गौतमले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *