बेलबारीका योगेशको दुर्घटनामा भएको मृत्युले दशैँ खल्लो

असोज १८
दशै भित्रीसक्दा बेलबारी २ लालभित्ती स्थित शिक्षा सन्देश स्कुलमा अध्ययनरत योगेश निरौलाको दुर्घटनामा भएको निधनले दशै खल्लो बनाइदिएको छ । लालभित्तीका योगेशको निधनसँगै निरौला परिवारले हुँर्कदौ सदस्य गुमाएको छ । दशैका बेला भएको यस्तो दुखद घटनाले लालभित्ती बासिन्दा पनि शोकमग्न बनेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैचा ७ ठडिया चौकमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल सवार योगेश गम्भिर घाईते भएका थिए । उनी सवार को ३५ प १४२२ नम्बरको मोटरसाइकल र को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किएका थिए ।
गम्भिर घाइते भएका योगेशको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यू भएको हो । योगेश शिक्षा सन्देश इङिलस स्कुलमा कक्षा १२ मा अध्ययनरत थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *