अनाम समाजले गर्यो गाउँ सरसफाई

असोज १७
बेलबारी ४ स्थित अनाम समाजले टोल सरसफाइ गरेको छ । वडादशै तथ शुभदिपावलीको अवसरमा विगत २०५० सालदेखि गाउँ सरसफाई कार्यक्रम गर्दै आएको अनाम समाजले त्यसलाई निरन्तरता दिँदै शुक्रबार सरसफाई गरेको हो । अनाम समाजका सम्पुर्ण घरधुरीबाट एक एक जना भेला भएर सरसफाई गरिएको थियो । सडक क्षेत्रमा रहेका झाँडी तथा अन्य फोहोरहरु सफाई गरिएको अनाम समाजका सदस्य मनोज गुरुङले जानकारी दिनुभएको छ । सबै मिलेर आफ्नो गाउँटोल सरसफाई गर्नु पर्दछ भनेर अग्रजहरुले सुरु गरेको कामलाई अहिले पनि निरन्तरता दिएको गुरुङले बताउनुभयो । पर्वहरुको शुभकामना दिन अनाम समाजले शुभकामना व्यानरपनि टाँग्ने गरेको छ । रातमा पनि गाउँ उज्यालै राख्न र चोरी अवाञ्छित घटनाहरु हुन नपाओस भनेर अनाम समाजले विगत ४ वर्ष अघि देखिनै सडक वत्ती पनि लगाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *