बिराटचौकमा सुबिधासम्पन्न फिजियोथेरापी सेन्टर सन्चालनमा

१६ असोज । मोरङको बिराटचौकमा अत्याधुनिक सुबिधासम्पन्न फिजीयोथेरापी सेवासहित कायस्प हेल्थ एण्ड फिजियोथेरापी सेन्टर सन्चालनमा आएको छ । बिराटचौक पश्चिम बसस्टेण्डबाट सेवा दिने सेन्टरको बिहिबार सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले रिबन काटेर उद्घाटन गरेका छन ।

डा.राजेश घिमिरे र डा.प्रमिला बस्नेत घिमिरेको १५ लाख लगानीमा सन्चालनमा आएको उक्त सेन्टर मोरङमा बिराटनगर बाहिरकै पहिलो अत्याधुनिक सुबिधासम्पन्न फिजीयोथेरापी भएको डा. घिमिरेले बताएका छन ।
सेन्टरमा हाडजोर्नी खिइएको, बाथ रोग, जोर्नी जाम भएको, हाडरोग लगायत संपूर्ण हाड तथा जोर्नीका दुखाईको उपचार पक्षघात, जीवी सिन्ड्रोम, मुख बाँङ्गिएको, नसा च्यापिएको, हातखुट्टा झम्झमाउने तथा पोल्ने समस्याको उपचार गरिने सन्चालक डा. घिमिरेले बताए ।

हाडजोर्नी तथा लिगामेन्ट र मेरुदण्ड, नशा तथा मांसपेशीको शल्यक्रिया पछिका सेवाहरुका साथै बच्चाहरुको डाउन सिन्ड्रोम, पोलयो, आटिजम जस्ता समस्याहरुको बिशेषज्ञ फिजीयोथेरापिष्ट डाक्टरहरुबाट बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उपचार गरिने सेन्टरले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *