शुक्रबारेमा सडक सरसफाइ

१५ असोज ।
मोरङको सुन्दरहरैचा ११ शुक्रबारेमा सडक सरसफाई गरिएको छ । बुधबार बिहान बेलेपुर चौक देखि शुक्रबारे चौक हुदै गोविनपुर सम्मको ३ किलोमिटर सडक सरसफाई गरिएको हो ।
सरसफाई कार्यमा स्थानीयहरु झाडु, खुकुरी लगायतका सामाग्री साथमा लिएर २ सय जनाको उपस्थिति रहेको थियो । सडकको क्षेत्रभित्र रहेका बोटबिरुवा, प्लास्टिकजन्य बस्तु लगायतलाई हटाएर सफाइ गरिएको स्थानीय समाजसेवी मोहनलाल श्रेष्ठले जानकारी दिए ।
विभिन्न प्रयोजनका लागि सडक किनारामा राखिएका ढुंगा, दाउरा लगायतका सामाग्री दशै अगावै सम्बन्धित व्यक्तिले हटाएर सडक खुल्ला गर्ने सहमति भएको स्थानीय शिक्षक हिमाल अधिकारीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *