सभामुख महराले दिए राजीनामा

सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढेको थियो ।
आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *