सुन्दरहरैचा ६ मा टिपरको ठक्करबाट एक बालकको मृत्यु

१२ असोज ।

मोरङको सुन्दरहरैचा ६ मा आईतबार टिपरको ठक्करबाट ९ बर्षीय एक बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ६ को भित्रि सडकखण्डमा पर्ने सुकुना पिपल चौतारी सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको खालि टिफरले ठक्कर दिदा सुन्दरहरैचा ६ निवासी मिलन थपलियाका ९ बर्षीया छोरा लुकास थपलियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
मृतक बालकको पोष्टमार्टमका लागि धरान पठाइएको र ठक्कर दिने को १ ख ६२७३ नम्बरको टिपरचाल सुन्दरहरैचा ६ निवासी ३५ बर्षीय राजु तामाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *