बेलबारी अन्तराष्ट्रिय गोल्डकपः उपाधिका लागि रोयल क्लब भारत र धरान भिड्ने

९ असोज । रोयल क्लब वेष्ट बंगाल र धरान फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन । दोस्रो सेमिफाइनलमा एपिएफ काठमाण्डौंलाई ० का विरुद्ध ३ गोल गर्दै रोयल क्लबले उपाधि यात्रा तय गरेको हो । यस अघि बुधबार संपन्न पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लबले मदन भण्डारी स्पोर्ट एकेडेमीलाइ १ का बिरुद्ध २ गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

बिहिबार बेलबारी ११ लक्ष्मीमार्गमा भएको दोस्रो सेमिफाइनको पहिलो हाफसम्म दुवै टोलिबाट गोल हुन सकेन । मध्यान्तर पछि भने रोयल क्लब भारतले ३ गोल ग¥यो । भारतका निशान लिम्बुले २ गोल गरे । उनले ५१ र ६२ औं मिनेटमा गोल गर्दा ७७ औ मिनेटमा संजय सुब्बाले गोल गरे । म्यान अफ द म्याच २ गोल गरेका निशान लिम्बु घोषित हुँदै नगद ५ हजार र ट्रफी हात पारे ।

डाँगीहाट युथ क्लब बेलबारी ११ ले आयोजना गरेको यस प्रतियोगिताको फाइनल खेल ११ गते शनिबार हुनेछ । प्रतियोगिताको बिजयी टिमले ५ लाख पाउने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *