धरान फुटबल क्लब बेलबारी अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा

८ असोज । मदन भण्डारी स्पोर्ट एकेडेमीलाई हराउदै धरान फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार संपन्न पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लबले मदन भण्डारी स्पोर्ट एकेडेमीलाइ १ का बिरुद्ध २ गोल गर्दै उपाधि यात्रा तय गरेको हो ।

बेलबारी ११ लक्ष्मीमार्गमा भएको खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको धरानले दोस्रो हाफमा थप एक गोल गर्दा मदन भण्डारी स्पोर्ट एकेडेमीले दोस्रो हाफमा मात्र १ गोल गर्न सफल भयो । खेल शुरु भएको ५ औँ मिनेटमा धरानका बर्तमान राईले गोल गरेका थिए । दोस्रो हाफको ८० औँ मिनेटमा कर्ण लिम्बुले गोल गर्दै धरानलाई २–० को अग्रता दिलाए । खेलको ८७ औँ मिनेटमा शुसन तामाङले एक गोल फर्काए पनि खेलमा थप गोल हुन नसक्दा मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाइनल बाटै बाहिरीन बाध्य बन्यो । प्रतियोगितामा म्यान अफ दि म्याच धरानका रोशन भुजेल घोषित हुँदै नगद ५ हजार रुपैया प्राप्त गरे ।
दोस्रो सेमिफाइनलमा बिहिबार हुने एपिएफ काठमाण्डौ र रोयल क्लब वेष्ट बंगाल भारतको बिजेता सँग धरानले उपाधिका लागि शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजयी टिमले ५ लाख पाउने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *