बेलबारी अन्तराष्ट्रिय गोल्डकपः मदन भण्डारी स्पोर्ट एकेडेमी सेमिफाइनलमा

६ असोज । मदन भण्डारी स्पोर्ट एकेडेमी काठमाण्डौ मोरङको बेलबारीमा जारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार संपन्न खेलमा गोर्खा ब्वाईज क्लब बुटवललाई २ का विरुद्ध ३ गोल गर्दै मदन भण्डारी स्पोर्ट एकेडेमी काठमाण्डौले सेमिफाइनलमा स्थान बनाएको हो ।
१८ औं मिनेटमा दिपक राईको गोलबाट अग्रता लिएको गोर्खा ब्वाईजले २४ औं मिनेटमा गोल खान पुग्यो । मदन भण्डारी स्पोर्ट एकेडेमीका तपन कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दास्रो हाफमा मदन भण्डारी स्पोर्ट एकेडेमीले थप २ गोल ग¥यो भने गोर्खा ब्वाईजले १ गोल मात्र गर्न सक्यो । ७४ औं मिनेटमा प्रकाश बुढाथोकी र ७९ औँ मिनेटमा भुषण सुब्बाले गोल गर्दै मदन भण्डारी स्पोर्ट एकेडेमीलाई ३–१ को अग्रता दिलाए । गोर्खा ब्वाईजका दिपक राईले ८१ औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेपनि टोलीले थप गोल गर्न नसक्दा हार्न पुग्यो ।
खेलको म्यान अफ दि म्याच मदन भण्डारी स्पोर्ट एकेडेमीका तपन कार्की घोषित भए उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
यो खेलसँगै सेमिफाइनल पुग्ने ३ टोलिको टुंगो लागेको छ । यस अघिका खेलमा नतिजा आफ्नो पक्षमा पार्दै धरान फुटबल क्लब र एपिएफ काठमाण्डौंले अन्तिम चारमा स्थान बनाइसकेका छन ।
असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजयी टिमले ५ लाख र उपबिजेताले ३ लाख पाउने छ ।
मंगलबार नेपाल पुलिस क्लब काठमाण्डौ र रोयल क्लब वेष्ट बंगाल, भारतबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *