नेपाल नादेझ्दा कपको उपबिजेता

0
36

नेपाल नादेझ्दा कपको उपविजेता बनेको छ । किर्गिस्तानमा संपन्न नादेझ्दा कपको उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३–२ ले पराजित भयो ।
बिहिबार संपन्न फाइनलमा उज्बेकिस्तानले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफकोे ५४ औं मिनेटमा अग्रता दोब्बर पार्यो । ६४ औं मिनेटमा फेरी पनि उज्बेकिस्तानले ३-० को अग्रता लियो ।
नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा गोल फर्काइन् । इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । तर थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सिमित भयो ।