क्षेत्री धिमालले किर्ते गरेर आदिवासीको कोटामा जागिर खाएको घटना छानविन गर्न धिमाल जातिय संस्थाको माग

भदौ २४
किर्ते कागज बनाएर आदिवासी धिमालको नाममा जागीर खाने गैह्रआदिवासी धिमाललाई कार्वाही गर्न धिमाल जातीय विकास केन्द्रले माग गरेको छ ।
मंगलबार धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमालले विज्ञप्ती जारी गर्दै यस्तो जालासाज पुर्ण कामको यथार्थ छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।  खोटाङ जिल्ला साकेला गाउँपालिकाका क्षेत्री समुदायका विष्णुप्रसाद धिमाललाई आदिबासी धिमालको कोटामा लोक सेवा आयोग, बागलुङले वन सेवा अन्तर्गत द्वितीय श्रेणी सिनियर गेम स्काउटमा नियुक्ती गरेको विषयमा केन्द्रको ध्यान आकृष्ट भएको भन्दै केन्द्रले यथार्थ छानविनको माग गरेको हो ।  धिमाल आदिबासीको नाममा यस्तो फाइदा लुट्ने जोकोहीलाई सत्य तथ्य छानबिन गरी कानुनी कार्बाही गर्न विज्ञप्ती मार्फत माग गरिएको छ । धिमालहरु मुलतः झापा, मोरङ, सुनसरी, इलाम  काठमाडौं जिल्ला बाहेक अन्य जिल्लामा नगन्य रुपमा रहेको र खोटाङ जिल्लामा धिमालहरुको बसोबास नभएको समेत केन्द्रले दावी गरेको छ । ।बसोबास नभएको जिल्लाबाट पनि नक्कली कागजात मिलाएर या कर्मचारीसँगको मिलेमतोमा धिमालहरुको भाग खोस्ने काम गर्ने जोकोहीलाई कानुनी कठघरामा उभ्याउनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङले मिति २०७५ साल भदौ १९ गते विज्ञापन नं. १३९१९÷२०७४—२०७५  को वन सेवा अन्तर्गत द्वितीय श्रेणी सिनियर गेम स्काउटमा खोटाङ जिल्ला साकेला गाउँपालिकाका विष्णुप्रसाद धिमाल भनिने क्षेत्री समुदायका मानिसलाई आदिबासी धिमालको कोटामा   नियुक्त गरेको विषय वाहिर आएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *