नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० ले हरायो

नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० ले हराएको हो ।

नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३(३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन् । अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि पुछारमा छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *