आफ्ना उपाध्यक्ष अमरसिंहका पिताको निधन प्रति रेडियो वेतनाको समवेदना

भदौ २४
रेडियो बेतनाका उपाध्यक्ष अमरसिंह लिम्बुका पिता मानवहादुर सुहाङ लिम्बुको निधन प्रति रेडियो बेतनाले समवेदना व्यक्त गरेको छ । रेडियो बेतनाका अध्यक्ष भोजराज बस्नेत सहितको टोली मंगलबार बेलबारी ३ स्थित लिम्बुको घरमै पुगेर समवेदना व्यक्त गरेको हो । श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष बस्नेतले रेडियो बेतनाका तर्फबाट लिम्बुको परिवारका सदस्यलाई समवेदना पत्र पनि हस्तान्तरण गर्नुभएको थियो । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको टोलीले पनि लिम्बुको निधन प्रति समवेदना व्यक्त गरेको छ । सिमसारका सदस्य समेत रहेका अमसिंह लिम्बुको पिताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न अध्यक्ष डम्बर बस्नेत,कोषाध्यक्ष कमल कोइराला लगायतको समुह लिम्बुको घरमा पुगेको थियो । लिम्बुको गत भदौ २१ गते ९३ वर्षको उमेरमा निधन भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *