नेपाल–भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्तरुपमा उद्घाटन

0
31

२४ भदौ । भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका हुन । मंगलबार ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गरे ।
दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जस्थित डिपोमा भण्डारण हुन थालेको छ ।
२०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो । ७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।