एसीसी यू–१९ एसिया कपः नेपालले यूएईलाई १ सय ६० रनले हरायो

0
17

एसीसी यू–१९ एसिया कपमा नेपालले यूएईलाई पराजित गरेको छ । प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार यूएईलाई १ सय ६० रनले पराजित गरेको हो ।

यूएईले टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । राशिद खानले ४४ रनको महत्वपूर्ण योगदान दिए । कमलसिंह ऐरीले ४१ रन जोडेका थिए ।
ओपनर रित गौतम र पवन सरार्फ दुबै शून्यमा आउट भए । आशिफ शेखले ४५ रन जोडे । भिम सार्की १ रनमा आउट भए । सन्दीप जोरा ४८ र कुशल मल्लले २२ रनको योगदान दिएका थिए ।

जवाफमा यूएई ३४ ओभर ४ बलमा १ सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भ्रितीया रुद्राभलले सर्वा्धिक २८ रन बनाए । यस्तै अलिसान सराफुले २१ रन जोडे । बलिङमा नेपालका सागर ढकालले तीन तथा रशिद खान, सूर्य तामाङ र पवन सर्राफले समान २÷२ विकेट लिए ।

समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।