नेपाल नादेज्दा कप फुटबलको फाइनलमा

नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनल प्रवेश गरेको छ । मंगलबार ताजकिस्तानलाई १–० ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ८६औं मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो ।
नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

उज्बेकिस्तानले भने फाइनल यात्रा पक्का गरिसकेको छ । यसअघिका दुई खेलमा जित हात पार्दै उज्बेकिस्तान फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *