नादेज्दा कप महिला फुटबलमा नेपाल उज्बेकिस्तानसँग पराजित

नादेज्दा कप महिला फुटबलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको हो ।

३४ औं मिनेटमा उज्बेकिस्तानले खेलमा अग्रता बनायो । उसका लागि काराजितले गोल गरिन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्बेकिस्तानले ५० औं मिनेटमा दोस्रो गोल र्गयो । यस पटक उसका लागि सफिना रुस्खानीयाले गोल गर्न सफल भइन् । नेपालले खेलमा फर्कन धेरै प्रयास गरेको थियो तर गोल गर्न सकेन । जसका कारण नेपालले दुई–शून्यको हार व्यर्होयो ।

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई आठ–दुईले पराजित गरेको थियो । नेपालले मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *