बेलबारी जेसिजले गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन

0
151

भदौ २३
बेलबारी जेसिजले जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम गरेको छ । बेलबारी ३ स्थित सेन्चुरी बंैक अगाडी जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिनुभएको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोग तथा सेन्चुरी बैंकको सहयोगमा रक्तदान कार्यक्रम कार्यक्रम भएको थियो ।
जेसिज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रमको रुपमा रक्तदान आयोजना भएको थियो । सप्ताह अन्तर्गत नै मंगल सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम आयोजना हुँदैछ । बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार विहान कार्यक्रम हुन लागेको बेलबारी जेसिजले जानकारी दिएको छ ।