बेलबारीमा शैक्षिक गुणस्तर सुधार्न ‘सिल्भर भोलिन्टियर्स’ कार्यक्रम

0
74
????????????????????????????????????

भदौ २२
बेलबारी नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा ‘सिल्भर भोलिन्टियर्स’ कार्यक्रम लागु गरेको छ । कार्यक्रम को अवधारणा अनुसार सिल्भर भोलिन्टियर्स समुहमा पुर्वशिक्षकहरु आवद्ध रहेका हुन्छन् । कुनै पनि विद्यालयमा शिक्षकहरु एक हप्ता भन्दा लामो समयसम्म विदा वस्नुपर्ने अवस्थामा भोलिन्टियर्स समुहका शिक्षकहरुलाई बोलाएर पढाउन लगाइने नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले जानकारी दिनुभएको छ ।
नगर भित्रका अनिवार्य अवकास पाएका तथा सुविधा सहित अबकास लिएका शिक्षकहरु र शैक्षिक व्यक्तित्व लाई समेत त्यस्तो भोलेन्टीयर कार्यक्रममा समेटिने कोइरालाले बताउनुभएको छ । अविभावकहरुको सामुदायिक बिद्यालय प्रतिको आकर्षण घटीरहेको अवस्थामा कुनै विषयमा दक्ष ब्यक्तिलाई लगेर पढाउन लगाइयो भने अबिभावक र बिद्यार्थीको आकर्षण बढ्ने कोइरालाको भनाई छ । स्कुलमा शिक्षक छैनन् त्यसैले स्कुल नजाने भन्ने गलत सन्देश नजाओस र विद्यार्थीको आकर्षण बढोस भन्ने उद्देश्यबाट सञ्चालित यो कार्यक्रममा ८ जना पुर्व शिक्षकहरु आफँै उत्साहित भएर आएको समेत कोइरालाले जानकारी दिनुभयो ।
यसैविच बेलबारी नगरपालिकाले छोरा छोरीलाई सामुदायिक विद्यालयमै पढाउने सामुदायिक विद्यालयका २४ जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । ४० औ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा आइतबार आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको नगरपालिकाले जनाएको छ ।
यस्तै बेलबारी नगरपालिकाले पितृका नाममा एक विरुवा रोप्न समेत शिक्षकहरुलाई निर्देशन गरेको छ । सोह्रश्राद्धमा एक शिक्षक एक विरुवा पितृका नाममा रोप्न लागि निर्देशन गरेको नगर पालिकाका प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले बताउनुभयो । हाम्रो बिद्यालय राम्रो चोक कार्यक्रम पनि नगरपालिकाले संचालन गर्ने भएको छ । बिद्यार्थी हरुलाई सहभागि गराएर बिद्यालय देखी नजिकैको चोक सफा गर्ने रणनिति समेत अगाडि बढाइएको हो ।
कार्यक्रममा बेलबारी नगरपालिकाकी कार्यावहाक मेयर ढाका कुमारी पराजुलीले प्रविधि युक्त शिक्षामा जोड दिनु पर्ने बताउनुभएको छ । उनले नगरपालिकाले प्राविधक शिक्षामा जोड दिएको समेत दावी गर्नुभयो ।
अनिवार्य अवकास लिएका ८ जना शिक्षक, सुविधा सहित अवकास भएका २८ जना शिक्षकहरुलाई समेत सम्मान गरीएको छ । उहाँहरुलाई कार्यवहाक मेयर ढाका कुमारी पराजुलि र प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले दोसल्लार प्रमाण पत्रले सम्मान गर्नुभएको थियो ।
यस अघि नगरपालिकाले शिक्षकहरु सँग कार्य सम्पादन मूल्यांकन् समेत गरेको छ ।नगर भित्र ३२ वटा सामुदायिक बिद्यालय रहेका छन् भने ४ सय ११ जना शिक्षक शिक्षिका रहेको शिक्षा शाखकाकी अधिकृत एलिना बस्नेतले बताउनुभयो ।