एसीसी यू–१९ एसिया कपः नेपाल दोस्रो खेलमा पनि पराजित

0
24

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आफ्नो पहिलो खेलमा शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार बंगलादेशसँग भएको दोस्रो खेलमा ६ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।
नेपालले अन्तिम खेल मंगलबार यूएईसँग खेल्ने छ ।