एसीसी यू–१९ एसिया कपमा नेपालको खराब सुरुवात

0
73

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग नेपाल ५ विकेटले पराजित भएको हो ।
१६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको थियो । नेपालले ९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । वर्षाको कारण खेल ४२ ओभरमा छोट्याएपछि खेल पुनः सुरु भएको थियो ।

नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।