सहारा जग्गा विक्रि काण्ड प्रदेशसभामा पनि उठ्यो (भिडियो सहित)

0
33

भदौ २०
१ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा बेलबारी स्थित सहारा बालग्रामको जग्गा विक्रिको विषय उठेको छ । सांसद सुयर्माराज राईले बेलबारी २ मा रहेको सहारा बालग्रामको जग्गा विक्रिबारे सरकारले छानविन गर्ने बुझ्ने विषयमा चासो नदिएको भन्दै तत्काल छानविन गरी दोषी उपर कारवाहीको माग गरेका छन् । जग्गा विक्रि काण्डमा पुर्वसांसद समेत नेकपाका नेताका मिलेमतो रहेको भन्दै राईले सरकार के कारण यस विषयमा मौन बसेको छ भनी प्रश्न गरेका छन् । सांसद राईले जग्गा विक्रि काण्डमा पुर्वसांसद हर्कमान तामाङ, बेलबारी गाविसका पुर्वअध्यक्ष शिवप्रशाद बराल र नेकपाका जिल्ला नेता प्रताप थापाको समेत मिलेमतो रहेको भन्दै यथार्थ छानविन गरी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
यस्तो छ सांसद राईको संवोधन ( भिडियो साभार: Nepal Times)

बेलवारी जग्गा काण्डमा नेकपाका नेताको संलग्नता :- सुयर्माराज राई

बेलवारी जग्गा काण्डमा नेकपाका नेताको संलग्नता :- सुयर्माराज राई

Posted by Nepal Times on Thursday, September 5, 2019