एसीसी यू १९ एसिया कपमा आज नेपालले श्रीलंकासँग खेल्दै

0
12

श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप अन्तर्गत नेपालले शुक्रबार श्रीलंकासँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान १०ः१५ मा सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । नेपाल र श्रीलंकाबीचको पछिल्लो हेड टु हेड नतिजामा घरेलु टिम बलियो देखिएको छ । यू–१९ एसिया कपको पछिल्लो ५ खेलमा नेपालले श्रीलंकालाई हराउन सकेको छैन ।