विश्वकप छनोटः नेपालको लज्जास्पद हार

0
14

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतसँग उसकै मैदानमा ७–० गोलको लज्जास्पद पराजय ब्यहोरेको छ ।
गएराति कुवेतस्थित अल अहमद अन्तर्रा्ष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो । तर, नेपालले एक गोल पनि फर्काउन सकेन ।
फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन ।
यस जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २(१ ले पराजित गरेको थियो । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । अर्को खेलमा सोहि दिन कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।