विश्वकप छनौटमा नेपालले आज कुवेतविरुद्ध खेल्दै

0
19

फिफा विश्वकप दोस्रो चरणको छनौटमा नेपालले बिहीबार कुवेतविरुद्ध खेल्दैछ । पहिलोपटक फिफा विश्वकपमा सिधै दोस्रो चरणको खेल खेल्ने मौका पाएको नेपालले राति १०ः४५ बजे कुवेतसँग खेल्न लागेको हो ।

कुवेतको जविर अल अहमेद इन्टरनेसनल मैदानमा घरेलु टोली कुवेतलाई स्तब्ध पार्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणलाई सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।  नेपाल र कुवेत हालसम्म ६ पटक आमने समाने भएका छन् । ‘हेड टु हेड’ मा नेपाल कुवेतसँग निकै पछि छ । चैत पहिलो साता भएको मैत्रीपुर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्न सक्नु नै नेपालको अहिलेसम्मको बहादुरी प्रदर्शन हो । ६ भेटमा नेपालले २२ गोल खादा १ गोल मात्रै फर्काएको छ । त्यो एक गोल १९८२ को एसियन गेम्समा रहेको थियो ।

यसपछि नेपालले यही भदौ २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।