प्याव्सन बेलबारीको लोकनृत्य तथा गायन छनौट प्रतियोगिता सम्पन्न

0
11

भदौ १३
निजी तथा आवसिय विद्यालय अर्गनाइजेसन नेपाल( प्याव्सन) बेलबारी नगर समितिले शुक्रबार बेलबारीमा खुला लोकनृत्य तथा गायन छनौट प्रतियोगिता गरेको छ । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड नजिकै भएको प्रतियोगितामा बेलबारी नगरभित्रका निजी तथा आवसिय विद्यालयहरुको सहभागिता रहेको थियो । नेपाली संस्कृति तथा संस्कारको संरक्षण तथा सम्बद्र्धन गर्ने लक्ष्यका साथ कार्यक्रम गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा सिनियर तर्फको नृत्य प्रतियोगितामा बेलबारीको आदर्स स्कुल पहिलो,लक्ष्मीमार्गको माउन्ट एभरेष्ट दोस्रो, बेलबारीकै शिक्षा सन्देश तेस्रो भएका छन् । यस्तै नृत्यको जुनियर तर्फ नृत्यमा सिद्धार्थ स्कुलपहिलो,शिक्षा सन्देश स्कुल दोस्रो र सनसाइनिङ स्कुल तेस्रो भएका छन् । यसै गरी गायन तर्फ कृस्टल स्कुल पहिलो, सिद्धार्थ दोस्रो र इस्टर्न भ्यु तेस्रो भएका छन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा र बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुली विशिष्ट अतिथी रहनुभएको थियो । त्यस्तै मोरङ प्याव्सन वरिष्ठ उपाध्यक्ष सिताला सुब्बा, जिल्ला कोषाध्यक्ष जगत बस्नेत लगायत अतिथी रहनुभएको थियो ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने प्याव्सन बेलबारीका अध्यक्ष भुपाल बस्नेतले जानकारी दिनुभएको छ ।