बेलबारी जेसिज सप्ताह २०१९ को सुरुवात जेष्ठ नागरिकहरुसँग

0
5

बेलबारी । मोरङको बेलबारी जेसिजले जेष्ठ नागरिक बाबुहरुको मुख हेर्ने तथा आमाहरुसँग तीज बिशेष कार्यक्रम गरेर जेसिज सप्ताह २०१९ को सुरुवात गरेको छ । शुक्रबार मदन मोहन आश्रित पुष्परत्न साँस्कृतिक कार्यक्रममा बाबुको मुख हेर्ने दिनको अवसर पारेर जेष्ठ नागरिक बाबुहरुको मुख हेर्ने तथा आमाहरुसँग तीज बिशेष कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश सांसद राजकुमार ओझाले जेसिज सप्ताह उद्घाटन गरे ।
ओझाको प्रमुख आतिथ्यता र बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उप मेयर ढाकाकुमारी, पराजुली, नेपाली कांग्रेस बेलबारीका नगर सभापति शम्भु भट्टराई, बेलबारी ब्यापार प्रबन्ध समितिका उपाध्यक्ष राजेशजंग कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

जेसिज सप्ताहको पहिलो कार्यक्रम अन्तरगत शुक्रबार नै बुवाको मुख हेर्ने तथा आमाहरुसँग तीज विशेष कार्यक्रम गरिएको छ । बुवा आमाहरुको उल्लेख्य उपस्थितिमा भएको कार्यक्रममा सबैलाई मिठा परिकार पनि खुवाइएको थियो । कार्यक्रममा तीजमूलक साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
जेसिज सप्ताह अन्तरगत भाद्र १८ गते बेतना सिमसार सरसफाइ, भाद्र २३ गते बेलबारीस्थित सेन्च्युरी बैंक अगाडि रक्तदान, भाद्र २४ गते सुरक्षित गर्भपतन सम्बन्धि परामर्श कार्यक्रम, २६ गते बेलबारीका सबै सरकारी कार्यालयमा भेटघाट तथा स्टीकर टाँस्ने कार्यक्रम, र भाद्र २९ गते लागुपदार्थ दुर्ब्यसनी तथा ट्राफिक सचेतना तथा प्रशिक्षण कार्यक्रम गरी जेसिज सप्ताह समापन गर्ने कार्यक्रम रहेको बेलबारी जेसिजले जनाएको छ ।