नेकपा बेलबारीको नगर तथा वडा कमिटि प्रति पाटिभित्र बिबाद

0
7

बेलबारी / मोरङको बेलबारीमा नेकपाको नगर तथा वडा कमटि गठन खारेज गरेर पुनरगठन गर्न पाटिका असन्तुष्ट पक्षले माग गरेका छन । नेतृत्वले एकलौटि ढंगले नगर तथा वडा कमटि गठन गरेको भन्दै केहि असन्तुष्ट पक्षले जिल्ला कमिटिमा उक्त निर्णय खारेज गरेर पुनरगठन गर्न माग गरेका हुन ।

। २ सय ३६ जना सगठित सदस्यहरुले हस्ताक्षर गरेर जिल्ला कमिटिमा मोरङमा गएर दर्ता गराएका छन् । नेतृत्वले एकलौटि ढंगले नगर तथा वडा कमटि गठन गरेको र उक्त निर्णय खारेज गरेर पुनरगठन गर्न माग सहित जिल्ला कमिटि सचिव भोला पौडेललाई उजुरी दिएको पुर्व डागिहाट गाँउ कमिटिका उपाध्यक्ष सुजय गौतमले बताए । अध्यक्ष ऋषिकेष पोख्रेलेनै म कार्यालयमा आएर हेर्छु निबेदन दर्ता गराएर जानुहोस भनेर फोनमा भन्नु भयो गौतमले भने पहिलो चरणको आन्दोलन स्वरुप शुक्रबार जिल्ला कमिटिलाई जानकारी गरायौ ।
अहिले गठन भएको नगर र वडा कमिटि पुनर विचार गर्न माग गरेका छौ गौतमले भने हाम्रा माग जिल्ला कमिटिले सम्बोधन नगरे पाटी कार्यालयमा तालाबन्दी सहितका कार्यक्रम लिएर अगाडि बढ्छौ ।
उनका अनुसार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदि तथा जिल्ला अध्यक्ष पोख्रेल विच सवैलाई समेटेर लैजाने सहति भए पनि एकलौटि ढंगवाट कमिटिहरु गठन हुन थालेपछि विरोध सुरु हुन थालेको हो । संगठित सदस्य समेत नभएका ब्याक्तिहरु समेत वडा कमिटिमा पर्न थालेपछि बेलबारीमा बिबाद उग्रबन्दै जान थालेको हो ।
पहिला जिम्मेवारीमा बसेका नेता तथा कार्यकर्ताहरु समेत कमिटिमा नअटाइएपछि पुराना नेताहरु असन्तुष्ट बन्दै गईरहेका छन् । पुर्व नगरकमिटिका अध्यक्ष समेत रहेका कमल कोइरालले भने पाटी सगठन बनाउन भन्दा पनि गुडको राजानिति गर्न अहिलेको नेतृत्व संक्षम देखीयो यसको परिणाम पनि उहाँहरुलेनै भोग्नु हुन्छ ।
नेकपाको बेलबारीमा अध्यक्षमा पुर्व मओवादिका पर्शुराम सुवेदि छन् भने सचिव पुर्व एमालेका रविन थापा रहेका छन् ।